धरान: प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै धरानमा दैनिकरुपमा कोरोना संक्रमणको संख्या कमी नभएपछि उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना भए नभएकोबारे अनुगमन शुरु गरेको छ । 

उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा सुनसरी उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरुसहितको टोलीले अनुगमन शुरु गरेको हो । अनुगमनको क्रममा मानिसहरु मास्क विना निर्धक्क भिडभाडमा हिडिरहेको पाइएको थियो । संक्रमणको दर उच्च हुँदै गएपछि लकडाउन गर्नुपर्ने दबाब आएपछि सरोकारवालाहरुसँग छलफल गरेर उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड पालनाबारे अनुगमन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजदेखि बजार अनुगमन थालिएको उपमेयर भण्डारीले बताइन् । 

anugaman1

उनका अनुसार संक्रमण दर बढेको कारण धरानमा लकडाउन गर्नुपर्ने आवाज उठिरहेको छ । तर, निषेधाज्ञा भर्खर खुकुलो भएको र ठप्प जनजीवन पनि विस्तारै सहज हुदै गएको कारण लकडाउन गर्नु भन्दा स्वास्थ्य मापदण्ड पालना गर्नु उचित भएकोले सचेतना जगाउन अनुगमन शुरु गरिएको उनले बताइन् । भिडभाड हुने बजार क्षेत्रमा हिड्दा सर्वसाधारण तथा व्यापारीहरुलाई अनुगमन मास्क अनिवार्य लगाउन, सेनिटाइजर प्रयोग गर्न आग्रह गरिएको र मास्क पनि वितरण गरिएको उनले जानकारी दिइन् । ‘कोरोनाको जोखिम घटेको छैन, त्यसैले अत्यावश्यक काम बिना नहिडौं, हिड्नै परे मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गरौं, सबैले यति बुझिदिए लकडाउन गर्नै पदैन,’उनले भनिन् ।

anugaman2

अनुगमन टोलीले भानुचोक क्षेत्र र सब्जी मण्डीमा अनुगमन गरेको थियो । साथै, धेरै भिडभाड र जनसम्पर्क हुने सब्जी व्यापारीहरुलाई तत्कालै एन्टिजेन पनि परीक्षण गराएको थियो । उपमहानगरका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार पहिलो दिन मास्क नलगाउनेलाई सम्झाई बुझाई गरेर मास्क पनि वितरण गरिएको र भोलीदेखि अनुगमन गर्दा मास्क विना हिडेमा जरिवाना गरिने बताए । ईलाका प्रशासन कार्यालयको टोलीसहित अनुगमन हुँदा संक्रमक रोग ऐन अनुसार स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना गरिने उनको भनाई छ ।  

anugaman3

anugaman4

anugaman7

anugaman8

anugaman5

anugaman10

anugaman12

anugaman6

anugaman9