सुनसरी: इटहरी उपमहानगरपालिका र वडा कार्यालयहरुमा भोली मंगलबारदेखि अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक अन्य सेवाहरु एक सातालाई बन्द हुने भएको छ । 

उपमहानगर कार्यालय तथा वडा कार्यालयहरुमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण भएको र केही कर्मचारीहरुलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पछि एक सातालाई सेवा बन्द गरिएको हो । इटहरीका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीका अनुसार साउन १२ मंगलबारदेखि १८ गतेसम्म नगर कार्यापालिका र वडा कार्यालयहरुमा अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक अन्य सेवाहरु बन्द रहनेछ । 

यो अवधिमा अस्पताल तथा स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, सरसफाई तथा फोहोर मैला व्यवस्थापन सेवा, दमकल सेवा, भेटनरी सेवा मात्र उपलब्ध हुने पनि अधिकृत सुवेदीले जानकारी दिए । 

itahari