सुनसरी: वृद्ध भत्ता थाप्न गएका सुनसरीको बर्जु गाउँपालिका ६ का एक वृद्धको लडेर मृत्यु भएको छ । 

बर्जु ६ शुक्रहाट टोलका ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको हो । आज दिउँसो १ बजे ६ नम्बर वडा कार्यालयमा मण्डल वृद्ध भत्ता थाप्न गएका थिए । उनी वडा कार्यालय अगाडि बन्द रहेको चिया पसलको बेञ्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय चिमडीको टोलीले उपचारको लागि कोशी अस्पताल विराटनगर पठाएको थियो । उपचारकै क्रममा मण्डलको दिउँसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।