धरान: मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै “मुक्तिनाथ सम्बृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ ।

यो खाता सञ्चालन हुँदा निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने बैंकले जनाएको छ । केन्द्रीय कार्यालय काठमाण्डौमा रहेको यो बैंकमा ग्राहकहरुले मात्र १०० रुपैयाको न्यूनतम मौजदातमा सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् । साथै, यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ % को दरले मासिक ब्याज भुक्तानी गर्नेछ ।

मुक्तिनाथ विकास बैंक धरान शाखाका शाखा प्रबन्धक दीपेन भुजेलका अनुसार मासिक ब्याज पाउने सुविधा भएको समृद्धि बचत खाता यही साउन मसान्तभित्र खोलिसक्नुपर्नेछ। 'अब बचतमा ३ महिना कुर्नुपर्ने बाध्यतालाई हटाउदै बचतकर्तालाई सहजरूपमा मासिक ब्याज प्रदान गरी बचतलाई प्रोत्साहित गर्न खोजेका हौं,' प्रबन्धक भुजेल भने । 

पहिलो वर्षको लागि निःशूल्क मोबाईल बैंकिङ्ग तथा निःशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्नेछन् भने बैंकको व्यवसाय बृद्धिमा पनि सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास लिएको बैंकको भनाई छ । यस्तै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको  ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । यो खाता अनलाइन मार्फत पनि निम्न वमोजिमको लिंकबाट खोल्न सकिने छ: