धरान: पुर्व ब्रिटिश गोर्खा मेजर एवं धरान १८ स्थित डिपो माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्बुको निधन भएको छ । 

उनको उपचारको क्रममा आज बिहान ८३ बर्षको उमेरमा न्युरो अस्पताल विराटनगरमा निधन भएको हो । डिपोका प्रिन्सिपल राजकुमार राईका अनुसार करिब ८ दिन अघि लिम्बुलाई उपचारको लागि न्युरो अस्पतालमा लगिएको थियो । अक्सिजन कमी देखिए पनि उनलाई अस्पतालमा उपचारको लागि लगिएको थियो । त्यही उपचारको क्रममा कोभिड १९ संक्रमण भएको देखिएको थियो ।

मृतक लिम्बु डिपो मावि सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष पनि हुन् । साथै, उनी विभिन्न संघसंस्थामा आवद्ध थिए । मृतकको शवलाई धरानमा ल्याएर अन्त्येष्टी गरिने प्रिन्सिपल राईले जानकारी दिए ।