धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । 

यो अवधिमा पनि माग पुरा नगरे बुधबारदेखि आकस्मिक, कोभिड सेवा र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवाहरु बहिष्कार गर्ने समितिले घोषणा गरेको हो । शनिबार प्रतिष्ठानदेखि भानुचोकसम्म सिट्ठी जुलुस निकाल्दै संघर्ष समितिले कडा आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो । शनिबार आन्दोलनको ४७ औं दिन पुरा भएको छ । 

संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले उच्चस्तरीय छानबिन तथा अध्ययन समिति गठन गर्नुबाहेक सरकारले आफुहरुको अन्य माग पुरा गर्न चासो नदिएकोले कडा आन्दोलन गर्न बाध्य हुनुपरेको बताए । सरकार आफुहरुको मागप्रति थप गम्भीर नभए कोभिड र आकस्मिक सेवा पनि बहिष्कार गर्ने चेतावनी उनले दिए । संघर्ष समितिले शनिबारदेखि नै विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर काममा सहभागी हुने घोषणा गरेको छ । यस्तै, आइतबार प्रतिष्ठानको एकेडेमिक डिन कार्यालयमा पनि तालाबन्दी गर्ने समितिले जनाएको छ । 

bp andolan1

जाँचबुझ कार्यदलले राम्रो प्रतिवेदन दिनेमा आशावादी भएतापनि संघर्ष समितिको १२ बुँदे माग सम्बोधन हुने, प्रणालीगत सुधार, पदाधिकारी नियुक्तीको मापदण्ड लागु, भ्रष्टचार र अनियमिततामा संलग्नलाई कारबाही, अदालत र अख्तियारमा रहेका मुद्दाको छिनोफानो, पठनपाठनमा चिकित्सा शिक्षा आयोगले दिएको मापदण्ड पुरा हुनेलगायत मागहरु सम्बोधन हुनेमा शंका रहेको संघर्ष समितिको भनाई छ । सम्पुर्ण मागहरु पुरा नहुञ्जेल आन्दोलन नरोकिने पनि संघर्ष समितिले जनाएको छ ।

*शिर्षक सच्याइएको 

भिडियो:

bp andolan

bp andolan2

bp andolan3

bp andolan5