झापा: झापाको दमक नगरपालिका ८ मा रहेको पेरुङगो होटलका सञ्चालकसहित ६ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, ५० बर्षीय प्रेम सुब्बा र ५० बर्षीय भिम सुब्बा रहेका छन् ।

हिजो बेलुका पौने ५ बजे होटलमा जुवाजन्य खेल खेलाईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ बुङ तास र नगद १ लाख ६० हजार पनि वरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । 

tas