धरान: सुनसरी जिल्लामा साउन २९ गते मध्यरातीसम्म निषेधाज्ञा थप भएको छ । 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले साउन २० गते मध्यरातीदेखि २९ गते मध्यराती १२ बजेसम्म खुकुलो निषेधाज्ञा जारी गरेका हुन् । धरानमा भने जिल्लाकै अत्यधिकरुपमा संक्रमण वृद्धि हुदै गएकोले केही कडाई गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार धरानमा सागसब्जी तथा तरकारी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ भने अन्य पसलहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ । सवारीसाधनहरु पनि मापदण्ड अनिवार्य पालना गरेर सञ्चालन गर्न छुट दिइएको छ । 

lock

lock1