झापा: झापा गौरादह नगरपालिका १ गौरादह बजारबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार रहेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । हिजो दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकको टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाईकल ताजपुरियालाई पक्राउ गरेको हो । चेकजाँच गर्दा ब्राउन सुगर ६ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद गरेको वयान दिएका थिए । तत्कालै प्रहरी टोली कार्कीको घरमा पुग्दा ब्राउन सुगर ३० ग्राम फेला पारेको थियो । कार्की भने फरार रहेकोले खोजतालस भईरहेको प्रहरीले जनाएको छ ।