धरान: कोरोना संक्रमण तीब्रदरमा वृद्धि भएको भन्दै धरानका विभिन्न राजनीतिक दलहरुले कडा लकडाउन गर्न उपमहानगरपालिकालाई अनुरोध गरेको छ ।

राजनीतिक दलहरुले मंगलबार मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई संयुक्तरुपमा सुझावसहित अनुरोध गरेको हो । दलहरुले महामारी नियन्त्रण भन्दा बाहिर जाने खतरा भएकोले चेन ब्रेक गर्नको लागि १५ दिनसम्म कडा लकडाउन गर्न अनुरोध गरेको हो । दलहरुले लकडाउन गर्न अघि २ दिनसम्म खाद्यान्न सामग्रीहरु खरिद गर्ने समय उपलब्ध गराउन पनि सुझाव दिएको छ । 

एमाले नेता नारायण सुवेदीले धरानमा कोभिडको महामारी बढेको हुनाले चेन ब्रेकको लागि लकडाउन गर्न उपमहानगरपालिकालाई सुझाव दिइएको बताए । उनले भने,‘चेक ब्रेक गर्नको लागि लकडाउन गर्नुपर्छ भनेर सुझाव दिएको हो । मेयर, उपमेयरले उहाँहरुले सकरात्मकरुपमा नै लिनुभयो । अहिले खोप कार्यक्रम भएकोले २२ गतेपछि ठोस निर्णय गर्ने भन्नु भयो ।’

politics-lock