धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एनाटोमी विभागमा कार्यरत प्रा.डा.चन्द्रभुषण(सि.वि.) झाको निधन भएको छ । 

प्रतिष्ठानको सिसियु(कार्डिक केयर युनिट)मा उपचाररत डा.झाको हिजो बेलुकी करिब ६ बजेतिर निधन भएको हो । डा. झा सुगरको औषधी खाइरहेका थिए । तर करिब डेढ महिना अघि उनलाई हर्ट अट्याक भएको थियो । उनलाई तत्कालै इर्मजेन्सी हुदै क्याथ ल्याबमा लगेर ब्लक खोलिए पनि स्वास्थ्यमा सुधार हुन सकेको थिएन । प्रतिष्ठानको आइसियुमा राखेर करिब डेढ महिनादेखि डा.झाको उपचार भएको थियो । ब्रेन डेथ भइसकेका झाको हिजो साँझ निधन भएको चिकित्सकहरुले औपचारिक जानकारी दिएका थिए । 

डा. झा प्रतिष्ठानको पुर्व डिन पनि हुन् । उनी एनाटोमी विभागका प्रमुख पनि भएर जिम्मेवारी निर्वाह गरेका थिए । रौतहट घर भएका डा.झाले रसियाबाट एमबिबिएस अध्ययन गरेका थिए । त्यसपछि प्रतिष्ठानमा हाउस अफिसरकोरुपमा आएका उनलाई प्रतिष्ठानले नै भारतको एम्समा एनाटोमीमा एमएस गर्न पठाएको विभागका एडिस्नल प्रोफेसर डा.सम्सेर श्रेष्ठले जानकारी दिए । त्यसयता उनी प्रतिष्ठानमा नै रहेर काम गरिरहेका थिए । उनको श्रीमति, २ छोरी र एक छोरा छन् । डा.झाको आज नै चतरामा अन्त्येष्टी गरिने पनि डा.श्रेष्ठले जानकारी दिए ।