झापा: झापाको झापा गाउँपालिका २ झापा बजारमा घरको पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । 

स्थानीय ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो बिहान ९ बजे बिकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलेर उनलाई किचेको थियो । गम्भीर घाइते भएका सिंहलाई उपचारको लागि बि एण्ड सि अस्पताल विर्तामोडमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा दिउसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आईरहेका थिए । घटना बारे ईलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।