धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । 

कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक सुवास राई र सफाईकर्मी दिनेश मरिकको निधनमा उपमहानगरपालिकाले आज एक दिन शोक विदा दिएको हो । उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडका अनुसार राईको आज बिहान र मरिकको हिजो बिहिबार निधन भएको थियो । दुवैको निधनमा एक दिन शोक विदा दिइएको उनले जानकारी दिए । 

शोक विदामा नगर कार्यपालिका, वडा कार्यालयहरु बन्द रहे पनि अत्यावश्यक सेवाहरु भने सुचारु रहने उपमहानगरले जनाएको छ । साथै, शैक्षिक संस्थाहरु पनि बन्द रहनेछ । 

मृतक राईको अन्त्येष्टी

उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएका कार्यपालिका सदस्य राईको अन्त्येष्टी गरिएको छ । कोरोना संक्रमण पनि पुष्टि भएको कारण उनको शव आवश्यक प्रोटोकल अपनाएर अन्त्येष्टी गरिएको हो । 

subash-rai3

धरान १७ स्थित उदय सामुदायिक वन कार्यालयको हाताभित्र जातीय परम्परा अनुसार राईको शव अन्त्येष्टी गरिएको हो । अन्त्येष्टीमा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीसहित विभिन्न दलका नेता कार्यकर्ता र खेलकुदकर्मीहरु सिमित संख्यामा सहभागी थिए । अन्त्येष्टीको क्रममा नेकपा एमालेले झण्डा ओढाएर सम्मान गरेको थियो ।

मृतक राई धरान १७ नम्बर वडामा २०४९ र २०५४ सालमा वडाअध्यक्ष निवार्चित भएका थिए । उनी खेलाडी नभए पनि फुटबल खेलको विकासमा महत्वपुर्ण योगदान दिएका थिए । उनी गोधुली क्लबका संस्थापक र धरान फुटबल क्लबका पुर्वअध्यक्ष पनि हुन् ।

भिडियो:

subash dai2

subash2