धरान: धरानमा आजदेखि फेरि खोप अभियान शुरु हुदैछ । यो खोप अभियान आज बिहिबार, भोली शुक्रबार र शनिबारसम्म हुने उपमहानगरपालिकाले जनाएको छ ।
यो खोप अभियान ५० बर्षदेखि ५४ बर्ष उमेर समुहका नागरिकहरुलाई लक्षित हो । यस्तै, विदेश जाने, पुर्ण र अति अशक्त अपांगता भएका व्यक्तिहरु, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुको लागि पनि खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार यसअघि साउन २०, २१ र २२ गते खोप कार्यक्रम गर्दा छुटेकाहरुको लागि पुनः खोप अभियान हुन लागेको हो ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम हुनेछ । आज पहिलो दिन वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९ र ११ नम्बर वडामा खोप कार्यक्रम हुनेछ । ती वडाहरुमा साविककै खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरिएको पनि मेहताले जानकारी दिए । यस्तै, भोली शुक्रबार वडा नं १०, १२, १३, १४, १५, १६, १७, १८, १९ र २० मा खोप कार्यक्रम हुनेछ ।
तेस्रो दिन शनिबार उद्योग वाणिज्य संघ, सिद्धि नेवाः परिषद र औद्योगिक क्षेत्रमा खोप केन्द्र रहनेछ । उपमहानगरका अनुसार वाणिज्य संघमा दैनिक उपभोग्य वस्तु खाद्यान्न, तकारी, मासुपसलका कामदारहरुलाई खोप लगाउने व्यवस्था हुनेछ भने सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई सिद्धि नेवाः परिषदमा खोप केन्द्र रहनेछ । धरान औद्योगिक क्षेत्रका कर्मचारी, श्रमिकहरुलाई औद्योगिक क्षेत्र तीनकुनेमा नै खोप केन्द्र राखिनेछ ।
यी हुन् ३ दिने खोप अभियानको तालिका र खोप केन्द्र
आजको तालिका र केन्द्र :
शुक्रबारको तालिका र केन्द्र
शनिबारको तालिका र केन्द्र