धरान: कोरोना संक्रमणबाट धरानका एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान १३ का ८५ बर्षीय वृद्धाको छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज बिहान ११ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार मृतक दीर्घरोगी थिए ।
उनलाई आजै कोभिड संक्रमण पुष्टि भएर प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।