धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीले सर्वोच्च अदालतको परमादेशबाट नेकपा एमाले नेतृत्वको सरकार बहिर्गमनमा परेको र अहिले राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षको भुमिकामा रहेको भन्दै आम कार्यकर्ताहरुलाई भ्रममा नपर्न अपिल गरेका छन् ।

नेता माधवकुमार नेपाल र उनको टिम एमालेबाट अलग भएर नयाँ पार्टी दर्ता गरेकै दिन एमाले सुनसरीका सचिव पर्शुराम यादवले एक विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन् । उनले एमाले कुनै पनि गठबन्धनमा नरहेको प्रष्ट्उदै कार्यकर्ताहरुलाई भ्रममा नपर्न पनि अनुरोध गरेका छन् । नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दिएका माधव नेपाल समुह वर्तमान सरकारमा सहभागी हुने तयारी छ । त्यसैले एमाले सुनसरीले आफ्ना कार्यकर्ताहरुलाई एमाले पार्टी प्रमुख प्रतिपक्षी भुमिकामा रहेको प्रष्ट्याउनु परेको हो । माधव नेपाल पक्षको पार्टीको नामले पनि कार्यकर्ताहरुमा भ्रम पर्नसक्ने देखिएकोले एमालेले यस्तो अपिल गरेको हो ।

यसैगरि, एमाले सुनसरीले पार्टी सदस्यता नविकरणलाई तीब्रता दिन मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । सचिव यादवले आधुनिक प्रविधिको प्रयोग गर्दै सदस्यत आवेदन, अध्यावधिक र नविककरणमा सहजता,पारदर्शिता र तीब्रता दिन निर्देशन दिएका हुन् । उनले सदस्यता नविकरण गरि अद्यावधिक गर्ने कार्यलाई अवरोध गर्ने, निरुत्साहित गर्ने र निषेध गर्ने अभिप्रायले केही व्यक्ति एवं समुह परिचालित हुँदा कार्यकताहरुमा भ्रम सृर्जना भएको पनि बताएका छन् । पार्टी गतिविधिलाई असर हुने खालको कुनै पनि कार्य नगर्न पनि सचिव यादवले अनुरोध गरेका छन् ।

uml-