धरान: इटहरीको एक होटलमा १६ बर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र ६ का २८ बर्षीय राजकुमार यादव रहेका छन् । उनले साउन १३ गते इटहरी ६ स्थित सिद्धार्थ होटल एण्ड लजमा एक १६ बर्षीया बालिकालाई प्रलोभनमा पारेर जर्बजस्ती करणी गरेको आरोप लागेको छ । घटना पश्चात भने उनी फरार भएका थिए । 

सुनसरी प्रहरीले यादवलाई भदौ १ गते मोरङ  प्रहरीको सहयोगमा विराटनगर ५ त्रिमुर्ति चोकबाट पक्राउ गरेको थियो । उनलाई जर्बजस्ती करणी मुद्दाको अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको पनि सुनसरी प्रहरीले जनाएको छ ।