सुनसरी: धरान र बराहक्षेत्र गरि दुई छुटटा छुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धरान १० मा रहेको ड्रिमल्याण्ड होटलबाट ईलाका प्रहरी कार्यालय धरानको टोलीले २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका ११ का ३० बर्षीय वर्मदेव चौधरी र धरान ३ का २४ बर्षीय मो. नुरदिन रहेका छन् । उनीहरुलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै, हिजो बेलुका ७ बजे बराहक्षेत्र नगरपालिका ३ बाङ्गेबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटि समुहले ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा बराहक्षेत्र ६ का पुरुषोतम मेहता, २९ बर्षीय बिशाल बस्नेत, वडा नं ९ का २८ बर्षीय पाथे चन्द्रबंशी र २८ बर्षीय जयन्त माईला रहेका छन् ।
उनीहरु प्र १-०२-०४४प ४५५६ र प्र१-०२-०४२ प ४२२९ नम्बरको मोटरसाईकलमा सवार रहेका थिए । शंका लागेर चेकजाँच गर्ने क्रममा मेहताको साथबाट ७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला परेपछि दुवै मोटरसाईकल र चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।