धरान: नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भदौ २ गतेदेखि ८ गतेसम्म भर्ना सप्ताह आयोजना गरेको थियो । 

उक्त भर्ना सप्ताहमा ४८ प्रतिशत विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ । एजुकेशन, ह्युमेनिटिज र मेनेजमेन्ट सङ्कायको पढाई सञ्चालन गरिरहेको कलेजले ६ प्रकारको छात्रवृति प्रदान गरिरहेको छ । हरेक सङ्कायमा ७ जनाको दरले २१ जनालाई कलेजले ग्रामिण छात्रबृति दिईरहेको छ । स्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप, सहरी सामुदायिक स्कूल जेहेन्दार स्कोलरसिप र सेल्फ मेरिट स्कोलरसिपमा क्रमश: १५/१५ जनालाई छात्रवृति दिएको कलेजका सिईओ देव सुब्बाले जानकारी दिए । उनले गुणस्तरीय शिक्षामा सबै खालका विद्यार्थीहरुको पहुच पुगोस् भन्ने उद्देश्यले छात्रवृत्तिको ब्यबस्था गरिएको बताए । 

national

नेशनल एकेडेम अन्तराट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूल तथा कलेज हो । यहाँ अरु कलेजमा भन्दा भिन्न शान्त शैक्षिक बातावरण, ५० मिनटको कक्षा, विधार्थीहरुको व्यक्तित्व विकासका लागि विभिन्न क्लवको अभ्यास, आईटीमय शैक्षिक वातावरण, अडोटोयिम हल, अन्तराष्ट्रिय मापदण्डलगायतले विद्यार्थीहरुको भविष्य उज्वल रहेको प्रिन्सिपल श्रीशीशा राईले दाबी गरे । अध्ययन गर्ने सबै विद्यार्थीहरुले आईएसओ अंकित प्रम्ँँण पत्र पाउनेछन् । यसको महत्व विश्व वजारमा बेग्लै हुने र सहजै विभिन्न अवसरहरु पाउने, विश्व बजारमा हुने प्रतिस्पर्धालाई सहज बनाउने प्रिन्सिपल राईले बताए । 

यस कलेजमा अन्य कलेजहरुले लिने शुल्कमै विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरको शिक्षा सर्वसुलभ दरमा पाउने कलेजको भनाई छ । छात्रवृत्तिको केही कोटा बा“की रहेको र त्यसमा आगामी दिनमा पनि विद्यार्थीहरुलाई भर्ना गर्न सकिने प्रिन्सिपल राईले बताए । नेशनल कलेजले फरक ढंगबाट व्यवहारिक शिक्षा पनि दिने जनाएको छ । यस कलेजले यसै वर्षदेखि कक्षा ११ मा राई बान्तावा, लिम्बु र नेपाल(नेवारी) भाषामा पनि कक्षा सञ्चालन गर्ने बताईसकेको छ । यसको सम्पुर्ण तयारी पुरा भएको प्रिन्सिपल राईले बताए ।