विराटनगर: कोशी अस्पताल विराटनगरको शौचालयमा सुनसरीको इनरुवा ३ का एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
मंगलबार दिउँसो ६१ बर्षीय होमराज पोखरेल अस्पतालको शौचालयमा मृत फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार मृतकको साथमा इनरुवा अस्पतालको ओपिडी पुर्जा रहेको छ । सोही पुर्जाको कारण उनको पहिचान हुन सकेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेका मोरङ प्रहरीका डिएपसी दिपक श्रेष्ठले जानकारी दिए ।
मृतक थप उपचारको लागि कोशी अस्पताल गएको हुनसक्ने अनुमान गरिएको छ । मृतकको साथबाट मधुमेहलगायत रोगको औषधी पनि भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टम गृहमा राखिएको छ भने आफन्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।