विराटनगर: प्रतिबन्धित औषधीसहित विराटनगरबाट एक युवा पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका वडा नं १२ बखरीबाट ३० बर्षीय मेहमद अम्जाद अली पक्राउ परेका हुन् । भारतको जोगवनीबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधी विराटनगरतर्फ ल्याइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । उनको साथबाट वरामद भएको प्रतिबन्धित औषधीको मुल्य २ लाख ६९ हजार २२२ रहेको प्रहरीको भनाई छ ।
मोरङ प्रहरीका अनुसार अलीको साथबाट इफिकेक्स ५ कार्टुन(३६० पिस) वरामद भएको छ भने माइक्रोसट १ काटुर्न(१८ पिस) र एन बिमेलक्स ७ कार्टुन(५०४ पिस) वरामद भएको छ । पक्राउ परेका अलीलाई प्रतिबन्धित औषधीसहित आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।