मोरङ: लागूऔषध मुद्दाका फरार रहेका एक प्रतिवादी गाँजासहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । उनलाई भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआईटि समुह र ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले घरबाटै गाँजासहित पक्राउ गरेका हो ।

प्रहरीका अनुसार उनको साथबाट गाँजा ४ केजी ३०० ग्राम वरामद भएको छ भने नगद ५० हजार पनि फेला परेको छ । माझीलाई मोरङ जिल्ला अदालतले २०७५ पुस ५ गते लागुऔषध मुद्दामा ६ महिना ५ दिन कैद र ३ हजार जरिवाना फैसला गरेको थियो । तर, उनी भनेर फरार थिए । पक्राउ परेका माझीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।