धरान: धरान १० स्थित प्राईम भिजन कलेजले एसईई उत्तीर्ण गरेर एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट(एडिएचएम) र कक्षा ११ मा म्यानेजमेन्ट अध्ययन गर्न आएका नवआगन्तुक बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण गरेको छ।

इटहरीको गोरखा होटलमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुलाई कलेजमा अध्ययन गर्नुपर्ने बिषयबस्तु, कलेजको शैक्षिक वातावरण, कलेजमा  पालना गर्नुपर्ने नियमहरुलगायतको बारेमा जानकारी गराएको कलेजले जनाएको छ। कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सलर मधुसुदन कोइराला, एडमिनिष्ट्रेटिभ इन्चार्ज विशाल शंकर लगायतले विद्यार्थीहरुलाई आवश्यक जानकारी गराएका थिए ।

prime1

कलेजमा अध्ययनरत विद्यार्थी प्रकाश राईले कलेजमा घरको जस्तै अनुभूति भएको र शिक्षकहरु पनि  फ्रेन्ड्ली भएको बताए । उनले एउटै घर परिवार जस्तै ब्यबहार गर्न नव आगन्तुक बिद्यार्थीहरुलाई पनि आग्रह गरे। यस्तै, छात्रा अन्जना राईले कलेजमा हस्पिटालिटी सम्बन्धी नै अध्ययन गरिने हुनाले सबैले एक-आपसमा सम्मान र सत्कार गर्न सिक्नुपर्ने बताईन्। नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिब भोला श्रेष्ठले प्राइम भिजन कलेजले छोटो समयमा धरानको शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । कलेजको तर्फबाट बिद्यार्थीहरुलाई एक-एक सेट पुस्तक, झोला, ट्याब्लेट र किचन किट प्रदान गरिएको थियो।