मोरङ: मोरङको कानेपोखरी क्षेत्रबाट २ जना हतियारसहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कानेपोखरी ६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री रहेका छन् । उनको घरमा हतियार लुकाई राखेको बिशेष सुचनाको आधारमा प्रहरीले हिजो मंगलबार राती सवा ११ बजे खानतलासी गर्दा हतियार वरामद गरेको हो ।

क्षेत्रीको घरबाट १ थान पेस्तोल र ४ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान गर्ने क्रममा प्रहरीले सोही स्थानका ४० बर्षीय पूर्ण बहादुर बोहरा पनि पक्राउ गरेको छ । दुवैलाई ईलाका प्रहरी कार्यालय पथरीले हातहतियार मुद्दामा कानुनी कारबाही अगाडि बढाएको जनाएको छ ।