इटहरी: विगत ३३ बर्षदेखि ईटहरीमा कार्यरत तीन जना महिला स्वयंसेविकालाई उपमहानगरपालिकाले सम्मानसहित विदाई गरेको छ ।

इटहरी उपमहानगरका अनुसार ६० बर्षे उमेर हदका कारण विष्णुतारा नेपाली, गंगादेवी नेपाल र गंगीया सरदारलाई सम्मानसहित विदाई गरेको हो । उनीहरुलाई ईटहरीका प्रमुख द्धारिकलाल चौधरीले विदाई गरका थिए । उनीहरुलाई ३० हजार रकम प्रोत्साहन भत्तासहित विदाई गरिएको छ ।

विदाई कार्यक्रममा प्रमुख चौधरीले स्वास्थ्यक्षेत्रमा पुरयाएको योगदानको उच्च प्रशंशा पनि गरे । उनले भने, “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंसनीय छ ।” इटहरीमा १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।