झापा: झापा भद्रपुर नगरपालिका ८ बाट प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । उनलाई शनिबार दिउँसो ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले १५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर वरामद गरेको जनाएको छ । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।