झापा: झापाको बिर्तामोड ३ बाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मोरङ पथरी २ का ३४ बर्षीय भिमराज राई र पथरी १ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् । हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा चालक रहेका राईको साथबाट ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनको साथबाट २३ ग्राम ब्राउन सुगर वरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान गर्ने क्रममा ब्राउन सुगर ओसारपसारमा लिम्बुको पनि संलग्नता पाइए पछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । दुबै जना माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको झापा प्रहरीले जनाएको छ ।