धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० जनामा संक्रमण देखिएको हो भने ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४–४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६३, सुन्दरहैचा र बेलबारीमा १३–१३, लेटाङमा ८, बुढीगंगामा ३, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, उर्लाबारी, रंगेली र ग्रामथानमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । झापाको दमकमा २४, विर्तामोडमा २१, कनकाईमा १९, बुद्धशान्तिमा ७, गौरादह र भद्रपुरमा ६–६, अर्जुनधारा, मेचीनगर र कमल गाउँपालिकामा ५–५, हल्दिबारीमा ३, झापा गाउँपालिकामा २, शिवसताक्षीमा १ जनामा संक्रमण पुष्टि भएको छ

यता, सुनसरीको इटहरीमा ५२, धरानमा ९, दुहवी र रामधुनीमा ६–६, इनरुवामा ४, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेका २ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ४ र शहिदभूमीमा १, इलामको चुलाचुली र माईमा १–१ र स्थानीय तह नखुलेका २,  उदयपुरको कटारीमा २, त्रियुगा र उदयपुरगढीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र षडानन्दमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३९ महिला र १०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।