धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई कोरोना संक्रमण भएको छ ।

मेयरका प्रेस संयोजक पारस राईका अनुसार आज (बिहिबार) पिसिआर परीक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको हो । मेयर राईलाई विगत दुई दिनदेखि सामान्य रुघा खोकी थियो । संक्रमण पुष्टि भएपनि मेयर राईको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र होम आइसोलेसनमा रहेको पनि प्रेस संयोजक राईले जानकारी दिए । साथै, उनले मेयर राईसँग नजिक सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य परीक्षण गराउन पनि आग्रह गरेका छन् ।