विराटनगर: बिहिबार १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । 

हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाउँपालिका ३ कोशी राजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा कार चालक बेलबारी १ का ३८ बर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु,  ३० बर्षीया चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाईते भएका छन् । घाईते मध्ये चन्द्रकला राईको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाईतेको सोही अस्पतालमानै उपचार भईरहेको छ ।

  यसैगरी हिजो बेलुका साढे ८ बजे झापा मेचीनगर नगरपालिका १२ कालीझोडामा पुर्व(पश्चिम राजमार्गमा को २० प ४ नम्बरको मोटरसाईकले सोही दिशातर्फ जादै गरेको मे.१ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाईकल पछाडी सवार मेचीनगर १३ का ३० बर्षीय युवराज लिम्बुको उपचारको लागी बिएण्डसि अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो ।  मोटरसाईकल चालक झापा कन्काई नगरपालिका ६ दुर्गापुर का ४३ बर्षीय दिल कुमार कार्की सोही अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टर, ट्याक्टर चालक झापा मेचिनगर २ का २६ बर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै, हिजो राती साढे १० बजे झापाकै बुद्धशान्ती गाउँपालिका ३ सातनम्बर चौकमा मेची राजमार्गमा मे.१० प ६०७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउदै गरेको  प्र.१(०१(००१ ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाएको थियो । उकत दुर्घटनामा गम्भिर घाईते भएका स्कुटी चालक मेचीनगर नगरपालिका १३ का ३२ बर्षीय पर्शुराम लिम्बुको बिएण्डसि अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । सोही स्कुटीमा पछाडी सवार मेचीनगर नगरपालिका १३ की ३० बर्षीया मनिषा लिम्बु समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । पिकअप र चालक ईलाम सुर्योदय नगरपालिका १० का २७ बर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै, मध्य राती १२ बजे मोरङ विराटगर महानगरपालिका १२ कोशी प्रोजेक्टस्थित भित्रीसडक खण्डमा को २१प ५६१२ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटी चालक  विराटनगर १ का ४२ बर्षीय रंजित कुमार शर्माको कोशी अस्पतालमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको छ ।