धरान: स्वास्थ्य मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिलाई एक पत्र पठाउदै दीर्घकालिन असर पर्ने कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । 

मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शन्कुन्तला प्रजापतिले हिजो बिहिबार एक पत्र पठाउदै यस्तो निर्देशन दिएकी हुन् । उनले प्रतिष्ठानमा देखिएको समस्याहरुको बारेमा छानबिन प्रक्रिया चलिरहेको भन्दै कर्मचारी तथा प्रोफेसरहरुलाई स्पष्टीकरण सोध्ने कार्य पनि नगर्न निर्देशन दिएका छन् ।

प्रजापतिका अनुसार स्वास्थ्य राज्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपति उमेश श्रेष्ठको निर्णय अनुसार मन्त्रालयले यस्तो निर्देशन दिएको हो । उपकुलपति डा.ज्ञानेन्द्र गिरीले प्रतिष्ठानका सिनेट सदस्य तथा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभाग प्रमुख प्रा.डा.पारस पोखरेललाई कारबाहीको लागि असोज ११ गते स्पष्टीकरण सोधेका थिए । 

यसअघि पनि मन्त्रालयले भदौ १७ गते एक पत्र पठाउदै सिनेटबाट आवश्यक निर्णय नभएसम्मको लागि दैनिक प्रशासनिक र अनिवार्य दायित्व सिर्जना हुने आर्थिक कार्यबाहेक प्रतिष्ठानलाई थप आर्थिक दायित्व सिर्जना हुने अन्य काम नगर्न पनि निर्देशन दिएको थियो ।

bp-5