धरान: धरानको नेशनल एकेडेमी समुहले मन्टेश्वरी पनि सञ्चालन गर्ने भएको छ । 

तिहार अगाडि नै मन्टेश्वरी सञ्चालन गर्ने तयारी भइरहेको एकेडेमीका प्रिन्सिपल श्रीशिशा राईले जानकारी दिएका छन् । धरानमा सिटिईभिटी मान्यता प्राप्त मन्टेश्वरी प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको यो समुहले आफुहरुले शुरु गर्न लागेको मन्टेश्वरी परम्परागत भन्दा फरक हुने दाबी गरेको छ । तिहार अघि नै मन्टेश्वरी सञ्चालनमा ल्याउन धमाधम तयारी भइरहेको पनि प्रिन्सिपल राईले जानकारी दिए । 

मन्टेश्वरीका संरक्षकसमेत रहेका प्रिन्सिपल राईले मन्टेश्वरी आधुनिक शिक्षण विधि भएको र यसलाई आगामी दिनमा कलेजसम्म अभ्यासमा ल्याउने पनि बताए । मन्टेश्वरी सम्बन्धी बुझाई गलत स्थापित भएकोले त्यसलाई परिवर्तन गर्न आफुहरुले मन्टेश्वरी शुरुवात गर्न लागेको पनि राईको भनाई छ । विद्यार्थीहरुको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिकजस्ता चौतर्फी विकासलाई ध्यान दिएर मन्टेश्वरी सञ्चालन हुने प्रिन्सिपल राईले बताए । यसका लागि मन्टेश्वरी अभिमुखिकरण तालिम समेत सञ्चालन गर्न लागेका छौं, उनले भने ।

नेशनलले २०५८ सालबाट प्लस टु सञ्चालन गरिरहको छ । यो समुले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गर्ने पहिलो र एकमात्र स्कूलकोरुपमा आफुलाई उभ्याउन सफल भएको छ ।