धरान: तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको छ । 

सिरहाको गोलबजार नगरपालिकाले असोज १५ र १६ गते आयोजना गरेको उप–प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको हो । धरानले तेस्रो स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाण पत्र हात पारेको छ । टिमका प्रशिक्षक उमेश तामाङले धरान गएको समूहले तेस्रो हुन सफल भएको जानकारी दिए । कराते टिमले सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई तेस्रो भएको जनाउँदै शिल्ड र प्रमाण पत्र हस्तान्तरण गरेका छन् । 

सुनसरी जिल्ला कराते संघका अध्यक्ष कुबेर राईका अनुसार प्रतियोगितामा पुरुषतर्फ विवेक राई कातामा प्रथम भएका थिए भने महिलातर्फ कातामा रेणु राई तेस्रो भएकी थिईन् । पुरुषतर्फ ६० केजी तौल समूहमा सन्तोष शर्मा प्रथम हुँदै उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए । यस्तै, पुरुषतर्फ ६७ केजी तौल समूहमा रोहित बास्कोटा प्रथम भएका थिए भने महिलातर्फ ५५ केजी तौल समूहमा रेणु राई दोस्रो भएकी थिईन् । 

यसैगरि, ६० केजी तौल समूहमा रिया राई दोस्रो भईन् भने ६८ केजी तौल समूहमा जेनिशा राई पनि दोस्रो भईन् । यस्तैगरी, ५० केजी तौल समूहमा रविन मगर तेस्रो भए ३० केजी तौल समूहमा पिसिएस विक तेस्रो भए । ३५ केजी तौल समूहमा अनिशा तामाङ तेस्रो भईन् ।