धरान: गायक भीषण मुकारुङ्गको चर्चित पुर्वेली गीत  ‘खोर्सानी डल्ले ’ को भाग-२ 'ए सिम्मा' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिहिवार ‘ तक्मे बुडा डट कम ’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । दुर्लभ जन्तरेको शब्द रहेको गीतमा विशेष खालिङ्गले सङ्गीत भरेका छन् भने गीतको संङ्गीत संयोजन चन्दु गोर्खालीले गरेका छन् ।

गीत काठमाडौंको आफ्नै पृथक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गायक मुकारुङ्गले जानकारी दिए । विल्सन बिक्रम राइ९तक्मे बुडा०ले निर्देशन गरेको म्युजिक भिडियोमा कलाकारहरु विल्सन बिक्रम राई, रजनी गुरुङ, बिशाल लिम्बू, भीषण मुकारुङ्ग राई र श्याम रार्इले अभिनय गरेका छन् । भिडियोमा कमल राइको नृत्य निर्देशन रहेको छ ।

गोठालो जीवन एवम् गाउले परिवेशको नौलो ढंगको कथाबस्तु बोकिएको गीत समग्र सबै पिडिले रुचाउने कुरामा बिश्वास रहेको गायक मुकारुङ्गले बताएका छन् । खोर्सानी डल्ले गीतले जती चर्चा बटुलेको थियो त्यतिनै माया पाउने गायक मुकारुङ्गको बिश्वास रहेको समेत जानकारी दिएका छन् ।