मोरङ: मोरङको केराबारी गाउँपालिका ७ डाँगीबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय बिशाल लिम्बु रहेका छन् । उनलाई शनिबार बिहान ईलाका प्रहरी कार्यालय केराबारीको टोलीले पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ।