धरान: इटहरी उपमहानगरपालिका ६ स्थित धरान लाइनबाट यार्सागुम्बासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका ४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभा चैनपुर नगरपालिका ४ का ३२ बर्षीय श्यामकुमार लिम्बु छन् । उनीहरुको साथबाट ३ किलो यार्सागुम्बा वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यार्सागुम्बाको कारोबार भइरहेको बिशेष सुचनाको आधारमा प्रादेशिक अनुसन्धान समुह(आरआइटि) विराटनगर र इलाका प्रहरी कार्याल्य इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा भेटिएका दुवै जनासँग भएको जेब्रा झोला खान तलासी गर्दा झोलाभित्र ३ केजी यार्सागुम्बा वरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि तरहरा सब डिभिजन कार्यालयमा पठाइएको र अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।