धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बडा दशै, तिहार, छठ तथा नेपाल सम्बतको अबसरमा शुभकामना व्यक्त गरेका छन् ।
मेयर राईले सोमबार एक शुभकामना सन्देश जारी गदै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुने । पछिल्लो समय धरानमा कोरोना संक्रमण दर घट्दै गएको भए पनि संक्रमण भने नरोकिएको मेयर राईले बताएका छन् ।
उनले विश्वभरी नै महामारीकोरुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९)ले सृजना गरेको विषम परिस्थितिमा संयमता र सजकताका साथ सुरक्षित भई चाडपर्वलाई आ–आफ्नो परिवारसँग बसेर मनाउन पनि अनुरोध गरेका छन् ।