धरान: सुनसरीको बराहक्षेत्र र भन्टाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित भित्री सडक खण्डमा अन टेष्ट कार आफै अनियन्त्रित भई पल्टदा चालकको मृत्यु भएको हो । मृतक कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् । उनको हिजो राती पौने ८ बजे कालाबञ्जरदेखि चक्रघटीतर्फ आउँदै गर्दा दुर्घटना भएको थियो ।

कार आफै अनियन्त्रित भई उक्त सडकको दाहिने तर्फ पैनीमा पल्टदा दाहाल गम्भिर घाईते भएका थिए । उनलाई तत्काल स्थानीय नगर अस्पताल चक्रघटीमा उपचारको लागि लगिएको थियो । अस्पतालमा उपचारको क्रममा नै दाहालको मृत्यु भएको हो । घटनास्थलमा अस्थाई प्रहरी पोष्ट बाङ्गेको टोली खटिएर थप अनुसन्धान भइरहेको छ । 

यसैगरि, सुनसरीकै कोशी गाउँपालिका ८ भाण्टाबारी चोकस्थित पुर्व(पश्चिम राजमार्गमा अन टेष्ट स्कुटी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका १ की २६ बर्षीया सासा लिम्बु रहेकी छन् । उनी हिजो राती साढे ११ बजे पुर्बबाट पश्चिम जादै गरेको बेला उक्त स्कुटी भएको हो ।

दुर्घटना हुँदा गम्भिर घाईते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सो दर्घटनामा स्कुटी पछाडी सवार रहेकी झापा बुद्धशान्ति गाउँपालिका १ की २७ बर्षीया रेनु गुरुङ भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।