धरान: प्रहरीले धरानका एक युवासहित ३ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान ८ का ३५ बर्षीय बिमल भुजेल, झापाको दमक नगरपालिका १९ का २६ बर्षीय खगेन्द्र नेपाली र मोरङ कानेपोखरी गाउँपालिका ४ का २६ बर्षीय नारायण मगर रहेका छन् । हिजो बिहिबार करिब साढे ५ बजे अस्थाई प्रहरी पोष्ट धरान ८ बरगाछीको प्रहरी टोलीले भुजेल र मगरलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । अटल पम्प कम्पाउन्ड भित्रबाट दुवैलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यसैगरि, खगेन्द्रलाई पनि हिजो बेलुका साढे ५ बजे नै काकडभिट्टास्थित ईलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट पक्राउ परेका खगेन्द्रको साथबाट ७ ग्राम ब्राउन सुगर वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।