ईलाम: ईलामको देउमाई नगरपालिका ५ बारुङका एक व्यक्ति झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । 

स्थानीय ३३ बर्षीय कमल तामाङले आज बिहान झारफुक गर्ने क्रममा आफ्नै श्रीमति र छोरीको हत्या गरेका हुन् । प्रहरी अनुसार आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसेका थिए । श्रीमति र छोरी बेला बखत बेहोस हुने गरेका थिए । बिरामी रहेकी श्रीमती ३४ बर्षीया सिता तामाङ र १६ बर्षीया छोरी शिक्षा तामाङको झारफुक गर्ने क्रममा कमलले हत्या गरेका हुन् । 

प्रहरीका अनुसार श्रीमति र छोरीको झारफुक गर्ने क्रममा कमलले घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । सोही टोकाईबाट उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ । घटनाको जानकारी पाएलगत्तै अस्थाई प्रहरी चौकी गजुरमुखीधामको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । साथै आरोपी कमललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।