धरान: धरान १३ स्थित कृषि थोक बजारले नेपालको थोक बजारहरुमध्ये यो बर्ष पनि प्रथम पुरस्कार हात पारेको छ । 

कृषि तथ पशुपंक्षी विकास मन्त्रालयले धरानको कृषि उपज थोक बजार व्यवथापन समितिलाई यो बर्षको पनि प्रथम घोषणा गरेको हो । देशभरिका ११ वटा थोक बजारमध्ये उत्कृष्ट हुँदै धरान कृषि बजारले प्रथम पुरस्कार हात पारेको यो ८ औं पटक हो । साथै, २०७५ यता लगातार धरानको कृषि बजार प्रथम हुदै आएको छ । विश्व खाद्य दिवसको अवसर पारेर मन्त्रालयले हरेक बर्ष उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ । 

krisi

बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बिहिबार काठमाण्डौंमा पुरस्कार ग्रहण गरेका छन् । पुरस्कार वापत प्रमाण पत्र र नगद १० हजार रहेको भट्टराईले जानकारी दिए । उनका अनुसार प्रथम भएवापत मन्त्रालयबाट आगामी बर्ष बजारस्थललाई कुनै एक योजनामा बजेट विनियोजनमा प्राथमिकता दिने पनि उनले बताए । ‘प्रथम भएको थोक बजारलाई बजेट विनियोजनमा आगामी बर्षलाई पहिलो प्राथमिकता दिन्छ,’उनले भने । किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्थालगायतको अनुगमन र मुल्यांकन गरेर बर्षेनी थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ । 

krisi2