धरान: नेपालीहरुको चाड दिपावली र छठको अवसर पारेर युनाइटेड डान्स एकेडेमी धरानले शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

        धरान(९ स्थित एकेडेमीमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।एकेडेमीकी अनिसा राईले स्वागत मन्तव्य व्यक्त गर्दै नजिकिँदै गरेको चाडपर्वलाई सहज र सुरक्षित रुपमा मनाउन आग्रह गरिन् । कार्यक्रमका विशेष अतिथि रहेका एमाले नेता एवं मोतिराज सुनुवारले शुभकामना व्यक्त गर्दै कलाकारहरुसँग जोडिएर शुभकामना दिन पाउदा खुशी लागेको बताए । 

यस्तै, अर्का एमाले नेता विजय राईले कोभिडका कारण कलाकारहरु अल्झिए पनि धरानका कलाककर्मीहरु एक जुट भइरहेकोमा खुशी व्यक्त गरे । वरिष्ठ नृत्य निर्देशक नगेन्द्र राईले पनि चाडपर्वको शुभकामना व्यक्त गरेका थिए । धरान नृत्य कला प्रतिष्ठानका सदस्य एलिसा विकले नजिकिँदै गरेको तिहारको शुभकामना व्यक्त गरिन् । कार्यक्रममा नृत्य निर्देशक तथा रङ्गकर्मी, कलाकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।