तेह्रथुम: तेह्रथुमको फेदाप गाउँपालिका २ स्थित भित्री सडक खण्डमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

राती भएको उक्त दुर्घटनामा परी चालकको मृत्यु भएको हो । सहचालक घाईते भएका छन् । राती साँढे १ बजे ओसीडाँडादेखी सदरमुकाम म्याङलुङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको प्रहरीको भनाई छ ।

उक्त दुर्घटना हुँदा ट्रक चालक काभ्रेपलान्चोकका २७ बर्षीय रोहित अधिकारी र सह(चालक २४ बर्षीय सुदिप राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल म्याङलुङ पठाईएको थियो । उपचारको क्रममा चालक अधिकारीको मृत्यु भएको र सह(चालकको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।