धरान: ज्यान मार्ने उद्योगका फरार धरानका एक प्रतिवादी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान ११ का २५ बर्षीय सन्तोष राई रहेका छन् । उनलाई ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०७६ फागुन १५ गते सजाय तोकिएको थियो । उनलाई १ बर्ष ६ महिना कैद गर्ने अदालतको फैसला थियो । तर, उनी फरार सुचीमा रही कैद भुक्तान गर्न बाँकी रहेको थियो ।

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, आरआइटीको प्रहरी टोलीले सोमबार धरानबाट नै पक्राउ गरेको प्रहरीले जनाएको छ । लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरि प्रहरीले जिल्ला अदालतमा बुझाएको थियो । अदालतले राईलाई हिजो मंगलबार नै कैद भुक्तानको लागि कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ ।