धरान: हङकङमा बसेर पनि नेपाली सुगम संगीतमा क्रियाशिल भइरहेका गायक ज्ञान सुब्बाले नयाँ गीत'सुखमा पनि दु:खमा पनि'को म्युजिक भिडिओसहित बुधबार सार्वजनिक गरेका छन्। 

गायक राईले आफ्नो युट्युब च्यानल मार्फत नयँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतकार राई डी हाङ्गखिमको शब्द रहेको गीतमा वरिष्ठ  संगीतकार दिनेश सुब्बाको संगीत रहेको छ । गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ भने मिन विष्टले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्। 

म्युजिक भिडियोमा सन्तोष ढुंगाना र जयन्ती भित्राकोटीको युगल अभिनय रहेको छ । प्रेमभावको गीतको नृत्य सुनिल मगर, छायाँकन गोपाल मगर, सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्ग्मा योञ्जनको रहेको छ। आफ्नो भिडियोमा नयाँ कलाकारहरुलाई पनि अभिनय गराइरहने गायक सुब्बाले यो गीतमा पनि ढुंगाना र भित्राकोटीको नयाँ जोडीलाई मौका दिएका छन् ।

म्युजिक भिडियो लिंकः