मोरङ: मोरङको धनपालथान गाउँपालिका ३ मोरियापुलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साईकल पछाडी सवार रंगेली नगरपालिका ३ की २८ बर्षीय रेखा पासवान रहेकी छन् । आज दिउसो साढे २ बजे रंगेली बिराटनगर सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र १-०४-००१ ख ००२२ नम्बरको बसले  बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिएको थियो । बसको ठक्करले साईकलमा सवार रेखा पासवान र उनकी श्रीमान् ३१ बर्षीय उमेश पासवान घाईते भएका थिए ।

अस्थाई प्रहरी चौकी बेतौनाबाट प्रहरी टोली खटिएर दुवै घाईतेलाई उपचारको लागी रंगेली अस्पताल पठाएको थियो । अस्पताल पुर्‍याउन साथ घाइते रेखाको मृत्यु भएको थियो भने उमेशको सोही अस्पतालमानै उपचार भईरहेको प्रहरीले जनाएको छ। दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार छन् । उनको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।