मोरङ: बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित एक युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २ का १९ बर्षीय बिषेश मगर रहेका छन् । उनलाई हिजो दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट एभिल १५ एम्पुल, डाईजापाम १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेरागन १५ एम्पुल वरामद भएको छ । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।