धरान: बराह ग्रुप अफ कम्पनीले यो बर्षको लक्ष्मी पुजाको अवसरमा बराह लक्की बम्पर उपहार योजना ल्याएको छ । 

ग्राहकहरुले बराहमा नुन देखि सुनसम्मको खरिदमा यो योजनामा सामेल हुन बराहले जनाएको छ । भाग्यशाली ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्ने बराहले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । यस्तै, बराह स्पेसल डिसकाउन्ट कुपनसंगै बराह लक्की पर्सन अफ द डे पनि बन्न सक्ने घोषणा गरेको छ। 

कम्पनीका अनुसार बराह लक्की बम्पर उपहार योजना अन्तर्गत १ किलो सुनको लक्की ड्र मा देशै भरीका बराहको शाखामा सुन खरिद गरेबापत ग्राहकहरु सामेल हुनेछन् । यस्तै, निसान ब्राण्डको म्यागनाईट कारको लक्की ड्र मा पनि देशै भरीका बराहको शाखामा रहेको सुनभन्दा बाहेकको सेवा जस्तै बराह डिर्पाटमेन्ट स्टोर, बराह फेमिली किचेन, बराह ट्राभल्स एण्ड टुर्स लगायत अन्य सेवाहरुको खरिद गरेबापत ग्राहकहरु सहभागी हुनपाउनेछन् । 

बराह स्पेसल डिसकाउन्ट कुपन देशै भरीका बराहको शाखामा उपलब्ध सेवाको हरेक कारोबारमा यो कुपन पाउनेछन् । यो कुपनले हरेक बिलमा ग्राहकहरुलाई बिशेष छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसैगरि, बराह लक्की पर्सन अफ द डे अन्तर्गत देशै भरीका बराहको शाखामा उपलब्ध रहेको सुन भन्दा बाहेकको सेवामा हरेक बिलमा एउटा स्क्राच कुपन पाउनेछन्, जसलाई स्क्राच बक्स देखि ग्राहक महानुभावहरुले तात्रुपर्ने हुन्छ । यसमा १ देखि ८० प्रतिशत सम्मको छुट ग्राहकहरुले पाउनेछन् ।साथै स्क्राच कुपनमा फ्री भएमा विना शुल्कमा सेवा लिनपनि सक्ने कम्पनीले जनाएको छ ।