धरान: झापा र उदयपुरमा शनिबार भएको छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । 

इटहरीस्थित १ नरम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार साँझ करिब ५ बजेर ४० मिनेटमा झापाको बिर्तामोड नगरपालिका ५ बुट्टाबारीस्थित पुर्व पश्चिम लोकमार्गमा मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको स्कुटीलाई ठक्कर दिदा एक जनको मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जाँदै नगरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटीलाई बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँएको थियो ।

उक्त दुर्घटनामा स्कुटीमा पछाडी सवार  मेचिनगर १० का १६ बर्षीय मनिष कार्की गम्भिर घाईते भएका थिए भने मोटरसाइकलको पछाडि सवार हल्दिबारी २ का २१ को बिजेश लामा पनि सामान्य घाइते भएक थिए । दुवै घाईतेलाई बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारको क्रममा स्कुटीमा सवार कार्कीको राती ८ बजे मृत्यु भएको प्रहरील जनएको छ । उक्त दुर्घटनामा स्कुटी चालक मेचिनगर १० का ४२ बर्षीय दिलिप कार्कीको उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइक र चालक फरार भएका थिए । उनको खोजी भइरहेको छ । स्कुटी ईलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेको छ । स्कुटी चालकले मापसे गरेको देखिएको प्रहरीले जनाएको छ । 

यस्तै, शनिबार साँझ ६ बजे उदयपुरको त्रियुगा नगरपाकिला ११ मेनचोकमा अटो र मोटरसााइकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ । स १ ह १६२० नम्बरको अटो र को १९ प ९६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा अटो चालक चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नर बहादुर कार्की, मोटरसाइक चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल घाइते भएका थिए भने मोटरसाइकल पछाडी सवारी त्रियुगा ११ का ८५ बर्षीय कुल प्रसाद भण्डारी गम्भीर घाईते भएका थिए ।

गम्भीर घाइते भएका भण्डारीलाई उपचारको लागी बिराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ । अटो तिब्र गतिमा भएको कारण उक्त दुर्घटना भएको बताइएको छ । 

यसैगरि, झापाको मेचिनगर १३  तेलिबारीस्थित पुर्व पश्चिम लोकमार्गमा मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये मोटरसाइकलमा १८ बर्षीय अभिषेक श्रेष्ठको बि एण्ड सि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश-१-०४-०१४ प ३३४५ नम्बरको मोटरसासाइल र सोही दिशातर्फ जादै गरेको प्रदेश-१-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा प्रदेश-१-०४-०१४ प.३३४५ नम्बरको मोटरसाइकल चालक मेचीनगर ८ का २१ बर्षीय अनिष गिरी र  पछाडि सवार १८ बर्षीय अभिषेक श्रेष्ठ गम्भीर घाइते भएका थिए । अभिषेकको राती साढे १२ बजे उपचारको क्रममा बी एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, उक्त दुर्घटनामा प्रदेश १(०४(००१ प ३९९५ नम्बरको मोटरसइकल चालक मोरङको उर्लाबारीका २१ बर्षीय निकेश शिवकोटीको बायाँ खुट्टा भाँचिएको छ भने अवस्था बोल्न नसक्ने गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै, उक्त मोटरसाइकल पछाडि सवार झापाको मेचिनगर नगरपालिका ८ का २१ बर्षीय प्रबिण मेचेको पनि हात र खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।