धरान: तराई मधेशमा धुमधामले मनाइने छठ पूजाको धरानमा पनि तयारी शुरु भएको छ । 

ब्रतालुहरुले बुधबार र बिहिबार अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिएर मनाइने छठ धरानमा पनि मनाइदै आएको छ । छठ पूजाको लागि पोखरी, नदी किनारहरु सजाउन थालिएको छ । धरानमा पनि सेउती र सर्दु खोला किनारमा छठ पूजाको लागि तयारी भइरहेको छ । 

विगतका बर्षहरुमा छठ पूजा समारोह समितिले नै धरानको सेउती र सर्दु खोलामा छठको तयारी गथ्र्यो । गत बर्ष भने कोरोना संक्रमण दर उच्च भएकोले घर घरमा नै छठ पूजा गरि मनाइएको थियो । यो बर्ष संक्रमण दर न्युन भएकोले नदी, पोखरीको किनारमा तयारी भइरहेको छ । तर धरानमा यस पटक छठ पूजा समारोह समिति सक्रिय नभएको श्रद्धालुहरुको गुनासो छ । 

xat1

सोमबार दिउँसो धरानको सेउती खोलामा पुग्दा केही श्रद्धालुहरु छठ पूजाको लागि ठाउँ तयारी गरिरहेका थिए । उनीहरुले छठ पूजा समारोह समिति सक्रिय नहुदा समस्या भएको बताए । विगतमा खोलाको धारलाई स्काभेटरले एउटै बनाउने र दुवैतर्फ पुजा गर्ने तयारी हुन्थ्यो । यसपटक भने समिति सक्रिय नहुदा विजुलीको पनि समस्या भएको उनीहरुको गुनासो छ । 

चार दिन मनाइने छठ पर्व सोमबारदेखि विधिवतरुपमा शुरु भइसकेको छ । तराई मधेशका भोजपुरी र मैथिली भाषीको मुख्य पर्व छठ हिजोआज भने धरानमा सबै जातजाति तथा समुदायले पनि ब्रत बसेर मनाउने गरेका छन् । यसपटक छठ पूजा कात्तिक २४ गते परेको छ । 

xat7

xat2

xat4

xat3

xat6